सिद्धिचरण नगरपालिकाको एकैसाथ ३० ओटा ऐन, नियमावली र कार्यविधि पारित

 असार १३, २०७५ बुधबार १०:२३:१४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– सिद्धिचरण नगरपालिकाले एकसाथ ३० ओटा ऐन, नियमावली र कार्यविधि पारित गरेको छ । दोस्रो नगरसभाको विभिन्न ऐन तथा नियमावली पास गरेको हो ।

विनियोजन ऐन, शिक्षा ऐन, विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐनलगायतका १२ ओटा ऐनहरु रहेका छन् । त्यस्तै प्रमाणिकरण नियमावली, नगरसभा सञ्चालन तथा व्यवस्थापन नियमावली, कार्यपालिका कार्यविभाजन नियमावलीलगायत चारओटा नियमावली तथा १४ ओटा कार्यविधी र निर्देशिका रहेका छन् ।
 
विधेयक समितिले पेश गरेको मस्यौदा कार्यपालिकामा दफावार छलफलपछि ऐन, नियमावली तथा निर्देशिका पारित गरिएको नगर प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । ऐन तथा नियमावली पारित भएपछि नीतिगत निर्णय कार्यन्वयन गर्न सहज हुने नगर प्रमुख श्रेष्ठको भनाई छ । पारित ऐन, नियमावली तथा निर्देशिका र कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यन्वयनमा आउने नगरपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया