थ्रीस्टारलाई हराउँदै दाउफिन्स क्लब मकवानपुर गोल्डकपको फाइनलमा

 चैत १४, २०७५ बिहिबार १९:४७:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडामा जारी भूगर्भ सिमेन्ट दोश्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा विदेशी क्यामरुनी दाउफिन्स क्लब थ्री स्टार क्लबलाई ५–३ गोल अन्तरले स्तब्ध पार्दै फाइनलमा पुगेको छ । 

टाइब्रेकरमा थ्री स्टारलाई पराजित गर्दै दाफिन्सले आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ सँग फाइनलमा भेट पक्का गरेको छ । टाइब्रेकरमा थ्री स्टारका अनिल गुरुङको प्रहार बहिरिएपछी थ्री स्टारले हार बेहोर्नु परेको थियो । उनको प्रहार पोस्ट बाहिरिएको थियो । दाउफिन्सका तर्फबाट पृसो एन जाङे, एनगामा अङोला, अहान्डा एसा, यानिक वोवाना, बिजिक बिजिकले गोल गरे । थ्री स्टारका तर्फबाट रन्जित धिमाल, विजय धिमाल, मान्सा विभोगीले गोल गरे ।

म्यान अफ् द म्याच थ्री स्टारका जीवन गुरुङ भए । उनले १० हजार नगद प्राप्त गरे । रुस्लान थ्री स्टार र क्यामरुनी क्लब दाउफिन्स पहिलो पटक आमनेसामने भएका हुन् । निर्धारीत समयमा १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । दाउफिन्सका लागि यानिक वोवाना र थ्री स्टारका लागि रन्जन विष्टले गोल गरे । 

मकवानपुर ११ ले बुधबार विभागीय टिम नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठ लाख रुपैयाँ र चार लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०–२० हजार रुपैयाँ प्रदान गरिनेछ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया