एसईईमा सहभागी विद्यार्थी  र प्रहरीबीच झडप, ६ विद्यार्थी पक्राउ

 चैत १५, २०७५ शुक्रबार १६:३७:५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको सदरमुकाम  मलंगवा एसईईमा सहभागी विद्यार्थी  र प्रहरीबीच झडप भएको छ ।

लगातार परीक्षा रद्द भएको भन्दै टायर बालेर  प्रदर्शनमा उत्रिएपछि प्रहरी र विद्यार्थीबीच झडप भएको हो । प्रदर्शनमा उत्रिएका  विद्यार्थीले शिक्षा समन्वय  समितिको कार्यालयमा तोडफोड गर्नुका साथै हरिपुर नगरपालिकाको ना १ झ १६३५ नम्बरको गाडीमा तोडफोड गरी  क्षति पुर्‍याएका  छन । प्रदर्शनमा उत्रिएका विद्यार्थीले जथाभावी तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन ६ जना विद्यार्थी पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीले  केही बेरअघि ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया