८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन वैशाखमा, खेल भने चैतमै !

 चैत १५, २०७५ शुक्रबार १९:३१:३७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएको छ । 

राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको उद्घाटन २०७६ साल वैशाख ५ गते र समापन वैशाख ११ गते गर्ने निर्णय गरेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले जानकारी दिनुभयो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी गराएको थियो । प्रतियोगिताको उद्घाटन २०७६ सालमा हुने भए पनि केही खेलहरु भने २०७५ सालको चैत २४ देखि सुरु हुने भएका छन् । 

चैत २४ देखि प्याराग्लाइडिङ्ग, गल्फ, स्क्वाशलगायतका खेलहरु सुरु हुने भएका छन् । 

राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ सालमै सुरु हुने भएकाले यसअघि ‘८औँ राष्ट्रिय खेलकुद प्रतियोथिता–२०७५’ लेखेर निर्माण गरिएको प्रचार सामग्री, ट्रयाक, मेडललगायतका सामग्री प्रयोगमा आउने र त्यसले गर्दा खर्च नबढ्ने क्षेत्रीय अध्यक्ष वलीले बताउनुभयो ।  

यसअघि मंसिर र माघमा प्रतियोगिताको मिति तोकिएको थियो ।  नेपालगञ्ज रङ्गशालामा हाल भीआईपी प्याराफिट र पौडी पोखरी निर्माण कार्य जारी छ ।

कुन खेल कहाँ ?

बाँकेमा हुने खेलहरु

उद्घाटन/समापन
फुटबल (पुरुष)
क्रिकेट (पुरुष)
बक्सिङ
भारोत्तोलन
भलिबल (महिला/पुरुष)
टेब टेनिस
उसु
जुडो
ह्याण्डबल (महिला/पुरुष)
फूलकन्ट्याक्ट कराते
हकी (महिला/पुरुष)
सुटिङ
जिम्न्यास्टिक
साइक्लिङ
आर्चरी
फेन्सिङ
पौडी
ट्रायथलन

दाङमा हुने खेलहरु

फुटबल (महिला)
एथ्लेटिक्स
कराते
ब्याडमिन्टन
बास्केटबल (महिला/पुरुष)
आईटीएफ तेक्वान्दो
क्रिकेट (महिला)

रुपन्देहीमा हुने खेलहरु

तेक्वान्दो
लन टेनिस
सफ्ट टेनिस
शारीरिक सुगठन

बर्दियामा हुने खेलहरु

कबड्डी (महिला/पुरुष)
बुद्धिचाल
सेपाकताक्रो
खो–खो

कपिलवस्तुमा हुने खेलहरु

कुस्ती

कास्कीमा हुने खेलहरु

प्याराग्लाइडिङ

काठमाण्डाैमा हुने खेलहरु

गल्फ
स्क्वास (महिला/पुरुष)

अन्तिम अपडेट: चैत ५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया