भूकम्पले भत्काएको गद्धी बैठक भवनको पुनर्निर्माण सकियो

 असार १३, २०७५ बुधवार १३:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

बुधबार हनुमानढोका दरबार परिसरमा रहेको गद्धी बैठक भवनको पुनर्निर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले नेपाल विकास र समृद्धिको बाटोमा हिँडेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदूतावासमाफर्त अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभएको  छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने ऐतिहासिक र सांस्कृतिक महत्वका भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । संविधानसभाले संविधान जारी गरेर,नयाँ निर्वाचनमार्फत सरकार गठन भैसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।’ भूकम्पको जोखिम सधैँ हुने भएकाले अबको पुनर्निर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाई छ ।

अन्तिम अपडेट: साउन २७, २०७५

1 Comments

  • PBKPAUL

    June 27, 2018, 4:34 p.m.

    wah pm ji ; Gaddhi darbar punarnirmabat smriddhiko din suru bhannuhunchha .Tapaiko samriddhiko mapan k ho ? palma ajhhai basne,khana napaune haru ani ajhhai panima rujhhne haru ya kathmandu ko darbar nirman ? matra hawa bhasan garera smriddhi kasari dinuhunchha ? 5 barsha tesai khera jane bhayo. chha chha

तपाईको प्रतिक्रिया