पूर्व राजा शाह पूर्वको भ्रमण गर्दै

 चैत १६, २०७५ शनिबार ८:५८:४९ | सुजता सुनुवार
unn.prixa.net

फाइल फाेटाे

इलाम – पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वको भ्रमणमा आउनु हुने भएको छ । आफ्नो निजी भ्रमणका लागि पूर्व राजा शाह चैत १७ देखि २१ गतेसम्म इलाम र पाँचथरको भ्रमणमा आउन लाग्नु भएको हो । 

पूर्व राजाले इलाम र पाँचथरका विभिन्न मन्दिरमा दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम तय भएको पूर्व राजाको भ्रमणका लागि इलाममा गठन भएको भ्रमण व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य हरि श्रेष्ठका अनुसार पूर्व राजा शाह १७ गते इलाम सदरमुकाम आएर बस्नु हुनेछ । १८ गते पाँचथर जाने र १९ गते फाल्गुनन्दको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।  

फिदिम नगरपालिकामा नै रहेको शिव मन्दिरमा पूजा अर्चना गरेर बेलुका इलाम फर्कने कार्यक्रम तय भएको समिति सदस्य श्रेष्ठले जानकारी दिनु भएको छ । २० गते इलाम सदरमुकाममा रहनु हुने पूर्व राजा शाहले २१ गते किहान इलाम सदरमुकाममा रहेको माईस्थान मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

इलामको नवीनचोकबाट माईस्थान मन्दिरसम्म पूर्व राजा पैदल यात्रामा सहभागी हुने बताइएको छ । पूर्व राजाको साथमा उहाँका निजी स्वकिय सचिवसहित २२/२३ जनाको टोली रहने समितिले जानकारी दिएको छ । 

पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि इलाममा ४२ जनाको भ्रमण व्यवस्थापन समितिसमेत गठन भएको छ ।  

केही समयअघि पूर्व राजा ज्ञानेन्द्र तराई–मधेशको भ्रमणपश्चात काठमाण्डौ फर्किनु भएको थियो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया