मिति घोषणाले राष्ट्रिय खेलकुदको अन्याेल हटेको दावी

 चैत १७, २०७५ आइतबार १९:२८:१९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले मिति घोषणासँगै राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा देखिएको अन्याेल अन्त्य भएको बताउनुभएको छ ।  

राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सदस्य सचिव बिष्टले प्रतियोगिताको सुरुवातसम्म सकेसम्म सबै भौतिक पूर्वाधारको निर्माण पुरा गर्नेगरी काम भइरहेको बताउनुभयो ।  

राष्ट्रिय खेलकुदको यसअघि मङ्सिर र माघमा मिति घोषणा भएपनि हुन नसकेपछि अन्यौलता बढेको थियो ।

प्रतियोगितामा ३५ खेलमा देशभरका सात हजार खेलाडीले प्रतिष्पर्धा गर्ने बिष्टले बताउनुभयो । प्रतियोगिताका लागि अपुग रकम  निर्माणतर्फ १५ करोड र खेलकुदतर्फ करिब १२ करोड रुपिया माग गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा सुरु भएर ११ गते समापन हुनेछ ।

प्रतियोगिताका केही खेलहरु भने चैत २७ गतेदेखि सुरु हुने भएका छन् ।  सदस्य सचिव विष्टले भौतिक प्रर्वाधारको निर्माण बारे प्रदेश ५ का विभिन्न जिल्लामा स्थलगत अनुगमन गर्न सुरु गर्नुभएको छ । आइतबार नै सदस्य सचिव बिष्ट दाङ पुग्नुभएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया