कपिलवस्तुमा एकजनाको गोली हानी हत्या

 चैत १८, २०७५ सोमबार ६:१९:२६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । परिचय नखुलेका मानिसका समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको ज्यान गएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिनुभयो ।

गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति बुटवलमा ज्यान गएको हो । वैदेशिक रोजगार व्यवसायी पुरीको छातिमा गोली लागेको थियो ।

एउटा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया