तीन तहका सरकार तीनतिर फर्किए : मुख्यमन्त्री पौडेल

 चैत १९, २०७५ मंगलबार १८:२३:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले समन्वयको अभावमा  तीन तहका सरकार तीनतिर फर्किएको आरोप लगाउनु भएको छ । तीनै तहका सरकारका बीचमा सहकार्य र समन्वयबिना विकास सम्भव नभएको उहाँले बताउनुभयो । समन्वय नभएमा समृद्ध देश बन्नै नसक्ने उहाँको तर्क छ । 

नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को आयोजनामा ‘संघ, प्रदेश र सथानीय सरकार समन्वय र सहकार्य’ विषयक अन्तरसम्वाद कार्यक्रमको उद्घाटन गर्दै उहाँले सहकार्य अति आवश्यक भएको बताउनुभयो । समन्वय र सहकार्यबाट मात्र तीन तहका सरकार मिलेर मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सकिने पौडेलले बताउनुभयो । 

अब विकासलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताउँदे मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘विकास भनेको समृद्धिउन्मुख र रोजगारीमूलक हुनुपर्छ ।’ सबैका आ–आफ्नै समस्याहरु भएकाले समस्याका बीचमा रहेर राम्रो काम गरिनुपर्ने उहाँले बताउनुभयो । अहिले पनि कर्मचारी अभावका कारण गाउँमा धेरे समस्या भएको बताउँदे उहाँले प्रदेश सरकारले सबै मापदण्ड पूरा गरेर कर्मचारी गाउँमा पठाउन डेढ वर्ष लाग्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । 

सरकारमा बसेर अरुलाई गुनासो गर्नेभन्दा काम गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकार कमजोर बनाउने भूमिकामा आफू नरहेको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘स्थानीय सरकार बलियो बनाउनुपर्छ भनेर मेरो सिङ्गो जिन्दगी बिताएँ । म स्थानीय सरकारलाई कमजोर हैन, बलियो बनाउँछु ।’ 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया