विप्लव नेतृत्वको नेकपाका सुनापति गाउँपालिका इञ्चार्जले गरे प्रशासनसमक्ष आत्मसमर्पण

 चैत २०, २०७५ बुधबार १६:१८:२० | दीपक भट्ट
unn.prixa.net

रामेछाप –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गाउँपालिका इञ्चार्जले प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन् । 

खाँडादेवी गाउँपालिकाका वडा नम्बर १ राकाथुम घर भई सुनापति गाउँपालिकाका इञ्चार्ज रहेका लोकबहादुर रानामगरले वुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा रामेछापमा आएर आत्मसमपर्ण गर्नु भएको हो । 

पछिल्लो समयमा विप्लव समूहले राज्यविरुद्ध चालेको कदम र त्यस पार्टीले गरेका विभिन्न गतिविधिहरु आफूलाई सन्तोषजनक नलागेकाले आजैदेखि लागु हुने गरि पार्टी छोडेर आफू स्वतन्त्र बस्न चाहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रामेछापमा आएर मगरले आत्मसमपर्ण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

प्रजिअ शर्माले भन्नुभयो, ‘विप्लव समूहमा लागेका अन्य व्यक्ति पनि आत्मसमपर्ण गरेर सहज रुपमा जीवनयापन गर्न चाहन्छन् भने उनीहरु पनि कार्यालयमा आएर आत्मसमपर्ण गर्न सक्छन ।’ 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया