कर्णालीका कांग्रेस सांसदले हावाहुरी पीडितलाई दिने भए ७ दिनको तलब

 चैत २०, २०७५ बुधबार २०:३१:४२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका कांग्रेस सांसदहरुले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि आफ्नो तलब कटाएर राहत सहयोग गर्ने भएका छन् ।

संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको तलब र अन्य सांसदले ४-४ दिनको तलब दिने भएका हुन् । 

कर्णालीमा नेपाली कांग्रेसका ६ जना सांसद रहेका छन् । सांसद दिनबन्धु श्रेष्ठ, यज्ञ विसी, झोवा विक, हिमबहादुर शाही, अृमता शाहीले ४-४ दिनको तलब दिने भएका हुन् ।

संसदीय दलका नेता जीवनबहादुर शाहीले तलब दिने विषयमा प्रदेश सभा सचिवालयलाई बुधबार जानकारी गराउनु भएको हो । उहाँले बारा र पर्सामा ठूलो धनजनको क्षति भएकाले आफूहरुले गरेको सहयोगले थाेरै भए पनि राहत हुने  बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया