प्रदेश सभाको विषयगत समितिको सभापतिको नाम दर्ता: दुई तिहाइ भएको प्रदेशमा कांग्रेसले पनि भाग पायो

 चैत २१, २०७५ बिहिबार १९:५०:५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश सभाले विषयगत समितिको सभापतिका लागि तोकेको निर्वाचन कार्यतालिका अनुसार सर्वसम्मत रुपमा नाम दर्ता भएको छ ।

प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको विषयगत समितिको सभापतिको प्रकाशित निर्वाचन कार्यक्रम अनुसार बिहीबार नामावली दर्ताको समयावधि तोकिएको थियो ।

तोकिएको समयसीमा अनुसार न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुलीले मनोनयन दर्ता गरेका छन् । त्यस्तै  सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहन कुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गन्गाई, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग पर्यटन, वन तथा वातावरण समितिमा सिता थेबे र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सर्वध्वज साँवाले नाम दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागाईले जानकारी दिनुभयाे ।

दर्ता भएका नाम अनुसार नेकपाबाट ६ र नेपाली कांग्रेसका १ जनाले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समिति भागमा छुट्याइएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया