प्रसूति समस्या भएका दुई महिलालाई स्वास्थ्य केन्द्रका अध्यक्षकाे पहलमा काठमाण्डाै पठाइयाे

 चैत २२, २०७५ शुक्रबार २०:१३:२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आएका दुई महिलाहरुको जटिल प्रकृतिको शल्यक्रिया गर्नुपर्ने भएपछि  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अध्यक्ष नारायणदास श्रेष्ठकाे पहलमा काठमाण्डाै पठाइएकाे छ । 

प्रसुति बेथा लागेर सुरक्षित तरिकाले सुत्केरी गराउन अस्पताल आएका रामेछाप नगरपालिका–८ भोर्लेकी २८ वर्षिया सरिता भुजेल र खाँडादेबी गाउँपालिका–४ पकरबासकी ३० वर्षिय सरिता नेपालीको शल्यक्रिया नै गर्नुपर्ने भएकाले मन्थलीमा सम्भव नभएपछि उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले काठमाण्डौ रिफर गरेको हाे। 

अस्पताले काठमाण्डौ रिफर गरे पनि एम्बुलेन्सलाई तिर्ने पैसा नभएपछि दुवै महिला अस्पतालमै बसेका थिए । महिलाको समस्याको बारेमा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा.प्रदिप सिवाकोटीले स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई जानकारी गराएपछि उहाँले आफ्नो व्यक्तिगत खर्चमा दुवै महिलालाई धुलिखेल अस्पतालसम्म पठाउनुभएकाे हाे । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया