इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
काठमाडौं – छायाँकार पुरुषोत्तम प्रधानले बुधबार ४० औँ जन्म दिन मनाएका छन् ।
प्रधानले लुट, लुट २, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३ जस्ता सिनेमा छायाँकन गरिसकेका छन् ।
जन्मदिनमा पनि काममा व्यस्त प्रधानले दिनभर सिनेमा ‘मेरी मामु’ को छायाँकन गरेर साँझ रेडियो अडियोको प्राँगणमा जन्मदिनको केक काटे ।
रेडियो अडियोले आयोजना गरेको पुरुषोत्तमको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपाश्री निरौला, कलाकार केदार घिमिरे, जितु नेपाल, निर्माता दीपेन्द्र खनियाँ लगायतको उपस्थिति थियो ।
कार्यक्रममा पुरुषोत्तमलाई जन्मदिनको शुभकामना दिँदै निर्देशक निरौलाले एउटा रहस्य पनि खोलिन् ।
त्यो हो पुरुषोत्तमको चप्पल नलगाउने बानी ।
छायाँकनका क्रममा हरेक ठाउँमा पुरुषोत्तमले खाली खुट्टा नै काम गर्ने दीपाले बताइन् ।
चाहे त्यो पहाड होस् या समतल ठाउँ उनी खाली खुट्टा नै छायाँकन गर्छन् ।
दीपाले जन्मदिनको अवसर पारेर पुरुलाई अबदेखि खुट्टालाई त्यसरी खाली नराख्न पनि आग्रह गरिन् ।
दीपाले अगाडि थपिन्,‘पुरुजी बाँचिरहनु पर्छ । उहाँले धेरैवटा सिनेमालाई बचाउनु पर्छ । मेरो पावर भनेकै पुरुजी हो । मलाइ सिनेमाको निर्देशक बनाएको नै पुरुजीले हो । मलाई एकदमै खुशी लाग्छ, उहाँले टिममा निकै नै बफादार भएर काम गर्नुहुन्छ ।’
जन्मदिनको अवसर पारेर दीपाले पुरुको टिमलाई वाकीटकी उपहार दिइन् ।
पुरुषोत्तमको टिमका सदस्य कहिल्यै पनि एक अर्काबाट टाढा नरहुन् भनेर यो उपहार दिएको दीपाले बताइन् ।
उज्यालाे अनलाइन र गफगाफ डट कमकाे सहकार्यमा