भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
सुर्खेत- कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावित पीडितको लागि एक करोड सहयोग गर्ने भएको छ ।
शनिबार बसेको मन्त्रीपरिषदको बैठकले राहत स्वरुप एक करोड दिने निर्णय गरेको हो । गएको आइतबार आएको हावाहुरीका कारण प्रभावित पीडितका लागि सरकारले राहत दिने निर्णय गरेकाे हो ।
सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशको तर्फबाट राहत स्वरुप एक करोड दिने निर्णय गरिएको जानकारी दिनुभयो । ‘आज मन्त्रीपरिषदको बैठक बसेर हामीले १ करोड दिने निर्णय गरेका छौँ ’ उहाँले भन्नुभयो, ‘यसमा हावाहुरी प्रभावितका लागि थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’।
यस अघि नेपाली कांग्रेसका सांसदहरुले आफ्नो तबल दिएका थिए । संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको र अन्य सांसदहरुले चारचार दिनको तलब दिएका हुन् ।
यस्तै शनिबार नै बसेको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा स्तराेन्नति गर्ने निर्णय गरेको छ । ५० शैयाको अस्पतालाई शिक्षण अभ्यासहितको तीन सय शैयामा स्तराेन्नति गर्ने निर्णय भएको हो ।
विकासमन्त्री दल रावलले प्रदेशकै सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न लागेको बताउनुभयो । यसका लागि मन्त्रालयले ५० करोड बजेटको व्यवस्थापन गरेको छ ।
‘शिक्षण अस्पतालसहितको तीनसय शैयाको अस्पताल बनाउनका लागि निर्णय गरेका छौँ । यसका लागि आवश्यक प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ’ उहाँले भन्नुभयो, ‘हामीले कर्णँलीका नागरिकलाई बाहिर जानुनपर्ने गरी सुविधासम्पन्न अस्पतालका रुपमा विकास गछौँ ।’