मुम्बईमा खस्यो चार्टड विमान, पाँच जनाको ज्यान गयो

 असार १४, २०७५ बिहिवार १६:३५:३८ | एजेन्सी

भारतको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा बिहीबार एउटा चाटर्ड विमान दुर्घटनाग्रस्त हुँदा ५ जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार यो विमान जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको थियो । विमानमा सवार दुई जना पाइलट र दुई जना इञ्जिनियरको दुर्घटनामा परि ज्यान गएको हो । साथै बाटोमा रहेका एक जना सर्वसाधारणको पनि विमानमा लागेको आगोमा परि ज्यान गएको छ । बनाइरहेकाे घरमाथि विमान खसेकाले ठूलाे संख्यामा मानवीय क्षति नभएकाे प्रहरीले बताएकाे छ ।

सुरुवातमा यो विमान उत्तर प्रदेश सरकारको भएको बताइएको छ । तर उत्तर प्रदेश प्रहरीका एडीजी अरुण कुमारले दुर्घटनाग्रस्त जहाज उत्तर प्रदेश सरकारको नभएको बताएका छन् । 

अहिले विमानमा लागेको आगो निभाउने प्रयास भैरहेको छ ।
 

अन्तिम अपडेट: भदौ १३, २०७५

तपाईको प्रतिक्रिया