भारतले फेरि आक्रमण गर्न सक्ने पाकिस्तानको दाबी

 चैत २५, २०७५ सोमबार ९:५:७ | एजेन्सी
unn.prixa.net

भारतले पाकिस्तानमाथि सैन्य कारबाहीको तयारी गरेको पाकिस्तानले दावी गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महुमद कुरेशीले भारतले १६ देखि २० अप्रिलकोबीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

भारतले अप्रिलको तेस्रो साता पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेको गोप्य सूचनामार्फत थाहा पाएको पाकिस्तानका विदेशमन्त्रीले दावी गरेका छन् । 

भारतले भने पाकिस्तानको दाबीको खण्डन गरेको छ । पाकिस्तानी विदेश मन्त्रीको दाबी खण्डन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ‘भारत पाकिस्तानी विदेश मन्त्रालयको गैर जिम्मेवार आरोप खारेज गर्दछ । पाकिस्तानको आरोपको उद्देश्य युद्धको उन्माद फैलाउनु मात्रै हो ।’ 

उनले भनेका छन् ‘यस्तो लाग्छ पाकिस्तानको यो आरोप आतंकवादीलाई फेरि भारतमा एकपटक हमला गर्नका लागि सन्देश दिइरहेको छ ।’

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया