३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हाँक्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्रै सुशासनसहितको समाजवादी तर्फको यात्रालाई अघि बढाउन सक्ने पनि बताउनु भयो ।
मदन भण्डारीको जन्मजयन्तिको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा सामाजिक सदभाव कायम गरेर अघि बढने योजना पनि सुनाउनु भयो । प्रधानमन्त्री ओलीले कम्युनिष्ट नेतृत्वमा मुलुकलाई अघि बढाउने समय आएको तर्क पनि गर्नु भयो ।
प्रधानमन्त्री ओलीले आगामी असोज ३ गते भित्र संविधान कार्यान्ववयनका लागि आवश्यक सबै कानुन निर्माण गरिसक्ने घोषणा पनि गर्नु भयो । उहाँले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा सिन्को समेत नभाँचेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले तराईमा हुने डुबान समस्या समाधान गर्न सर्भे टोली नै परिचालन गरेको पनि उल्लेख गर्नुभयो । उहाँले भारतसँग सन १९५० मा भएको असमान सन्धि पुनरावलोकन गर्न लागिएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले थप चार ठाउँबाट हवाई रुट परमिट लिने भारतसँगको समझदारी कार्यान्वयनमा आउनु नेपालका लागि ठूलो उपलब्धि भएको पनि स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रित भएको पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले दिनु भएको वैचारिक योगदानको पनि स्मरण गराउनुभयो ।