९१ लोकसभा सिटका लागि भारतमा मतदान सुरु

 चैत २८, २०७५ बिहिबार ११:५७:७ | एजेन्सी
unn.prixa.net

भारतमो पहिलो चरणको आमचुनाव सुरु भएको छ । लोकसभाका ५ सय ४३ क्षेत्रमध्ये  पहिलो चरणमा २० राज्य र केन्द्रशासित प्रदेशका ९१ सिटका लागि मतदान भैरहेको हो ।

पहिलो चरणमा आन्द्र प्रदेश, अरुणाञ्चल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, निकोबार द्वीप समूह र तेलंगनामाको लोकसभा सिटमा मतदान भैरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यस्तै आन्द्रप्रदेश, सिक्किम, अरुणाञ्चल प्रदेशमा विधानसभाको लागि पनि मतदान भैरहेको छ । ओडिसामा पनि विधानसभाको लागि पहिलो चरणमा मतदान विहिबार हुँदैछ ।

सात चरणमा हुने चुनावमा ९० करोड भन्दा बढि मतदाताले मतदान गर्ने छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो । चुनावबाट बहुमत ल्याउने पार्टीले पाँच वर्ष सरकार बनाउनेछ ।

चुनावमा भारतीय जनता पार्टी र कांग्रेस आईबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसबाहेक केही क्षेत्रमा भाजपालाई विभिन्न क्षेत्रीय गठबन्धनले कडा टक्कर दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकार बनाउनका लागि २ सय ७२ सिट जित्नुपर्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया