बसकाे ठक्करबाट घाइते माेटरसाइकल चालककाे उपचारका क्रममा मृत्यु

 चैत ३०, २०७५ शनिबार १६:३:५८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पेट्रोल पम्प नजिक शनिबार बिहान बस र माेटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको ज्यान गएकाे छ ।

विपरीत दिशाबाट आइरहेका बस र माेठसाइकल आपसमा ठाेक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ७४६५ नम्बरको बस विपरीत दिशातर्फ जाँदैगरेको बा ७४ प ६७६८ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका थिए । 

दुर्घटनामा घाइते भएका गोरखा जिल्ला भिमसेन थापागाउँपालिका वडा नं १ का २० वर्षीय अनिस बानियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया