प्रधानमन्त्री ओलीद्वारा सिरुवा पर्वको शुभकामना

 बैशाख २, २०७६ सोमबार ६:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । 

नयाँ वर्षको रुपमा मनाइने सिरुवापर्व तीन दिनसम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ । तेस्रो दिन आपसमा रंग दलेर रंग सिरुवा मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया