शेयर किन्नेलाई आजदेखि प्यान अनिवार्य

 बैशाख २, २०७६ सोमबार ११:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो बजारमा ५ लाख रुपैयाभन्दा धेरैको शेयर किन्नेलाई साेमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ ।

धितोपत्र बोर्डले एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किन्ने ब्यक्तिलाई प्यान नम्बर अनिवार्य गरेको हो ।

पहिलो चरणमा एकै कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ ।

साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया