लमजुङमा जीप दुर्घटना : एक जनाको ज्यान गयो

 बैशाख २, २०७६ सोमबार १३:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा जीप दुर्घटना भएको छ ।

दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह १२ बजे लाङ्दीखोलामा दुर्घटना भएको थियो । 

२१ जना सवार रहेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनामा परि घाइते भएका १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार गराएका ४ जना घाइते भने घर फर्किएका छन् । कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया