३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ ।
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले असार १५ धान दिवसको अवसरमा आज भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै उहाँले सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने बताउनु भएको हो ।
देउवाले भन्नुभयो, ‘कांग्रेस आगामी दिनमा सबै एक भएर अगाडि बढे पुनः देशकै एक नम्बर पार्टी हुन्छ, सबैले आफ्नो गल्ती र कमीकमजोरीलाई सुर्धादै अगाडि बढ्न म आग्रह गर्दछु ।’

रोपाइँ कार्यक्रममा नेपालको सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको बताउँदै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको सभापति देउवाको भनाई छ । सभापति देउवाले खेतमा पसेर रोपाइँ गर्दा कार्यकर्ता एवं किसान उत्साहित भएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य डिना संगौला, कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नगरसभापति यादव अधिकारीले मुलुकमा कम्युनिष्टहरुको अराजकता बढेको आरोप लगाएका थिए ।