फुलेको कपालकाे तस्बिर शेयर गर्दै सलमान भन्छन् ‘कपालभन्दा कयौं ज्यादा रंगिन जिन्दगी छ’

 बैशाख ३, २०७६ मंगलबार १०:५५:३१ | एजेन्सी
unn.prixa.net

अभिनेता सलमान खानले उनको आगामी फिल्म ‘भारत’ को अफिसियल पोस्टर रिलिज गरेका छन् । सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत पोष्टर शेयर गरेका छन् ।

जसमा सलमान खानको कपाल फुलेर सेतै देखिएको छ । सलमानले पोष्टर सार्वजनिक गर्दै क्याप्सनमा लेखेका छन् ‘ मेरो टाउको र दाह्रीको कपाल जति सेतो देखिएको छ, त्यो भन्दा कयौं ज्यादा रंगिन मेरो जीन्दगी छ ।’ 

उनको यो लुक्स जस्तै यस फिल्मको कहानी पनि दर्शकका लागि नयाँ हुने बताइएको छ । फिल्म ‘भारत’को प्रदर्शन मिति पनि सार्वजनिक भइसकेको छ । यो फिल्म २०१९ जून ५ मा इदको अवसरमा रिलिज हुनेछ । 

सलमान खान र कट्रिना केफको मुख्य भूमिका रहने यो पिरियड ड्रामा फिल्मको निर्देशन अली अब्बास जफरले गर्नेछन् । फिल्म ‘भारत’ कोरियन फिल्म ‘ओड टू माइ फदर’ को हिन्दी रिमेक हो । यस फिल्ममा सलमान खान र कट्रिना केफसँगै अभिनेत्री दिशा पाटनी, तब्बु, नोरा फतेही, अभिनेता ज्याकी श्राफ, वरुण धवन, सुनील ग्रोबरलगायतको अभिनय रहनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया