राष्ट्रिय खेलकुद प्रतियाेगिता : आर्मी र पुलिस क्लब हक्कीको फाइनलमा

 बैशाख ३, २०७६ मंगलबार २०:३०:३५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुद प्रतियाेगिताअन्तर्गत पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले प्रदेश नम्बर ५ लाई पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।

पुलिस र सुदूरपश्चिम प्रदेशको बिहान भएको खेल निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा समेत ४–४ गोल भएको थियो । त्यसपछि भएको सडनडेथमा  पुलिसले ५–४ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।

मंगलप्रसाद माविको खेल मैदानमा भएको दोश्रो खेलमा  आर्मीले पेनाल्टी सुटआउटमा पराजित गरेको हो । प्रदेश ५ र आर्मीबीच निर्धारित समयमा १/१ गोल भएको थियो । पेनाल्टीमा आर्मीले ४–२ गोल अन्तरले पराजित गरेको हो ।  फाइनल खेल बुधबार दिउँसो हुनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया