इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
काठमाडौं – चर्चित गायक सुगम पोखरेलकी छोरी एन्जेलिजा पोखरेलले आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकी छिन् ।
‘मलाई उड्न देउ’ बोलको गीतमार्फत उनले नेपाली सांगीतिक यात्रा सुरु गरेकी हुन् । ५ वर्षअघि नै रेकर्ड भएको यो गीतको भिडियो भने एन्जेलिजाको जन्मदिनको अवसर पारेर जन्मदिन भन्दा केही दिनअघि सार्वजनिक भएको छ । यति बेला सांगीतिक कार्यक्रमको लागि अमेरिका रहेका सुगमले आफ्नै युट्यूब च्यानलबाट यो गीत सार्वजनिक गरेका छन् ।
‘श्वेत हंशिनी’ संग्रहमा समावेश रहेको गीतमा शब्द तथा संगीत सुगम पोखरेलको रहेको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान (बाबु) को रहेको छ । सै संग्रहमै एन्जेलिजनले गाएको अर्को गीत सरस्वती बन्दना पनि समेटिएको सुगमले बताए ।
म्युजिक भिडियोको निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेका छन् । गीतमा सुनिल छेत्रीको कोरियोग्राफी रहेको छ भने सम्पादन शिलन लम्सालको रहेको छ ।