श्रीलंकामा चर्च र होटलमा बम विस्फोट

 बैशाख ८, २०७६ आइतबार ११:९:१२ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

समाचार संस्था एपीएफका अनुसार दुई वटा चर्च र एउटा होटलमा बम बिस्फोट भएको पुष्टि भएको छ । 

विस्फोटमा ८० जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बम बिस्फोटको  थप जानकारी आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया