मनकामना जाँदै गरेकाे बस त्रिशूलीमा खस्दा दुई जनाको ज्यान गयाे

 बैशाख ८, २०७६ आइतबार १५:१:४२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वी राजमार्गको नौविसे-मुग्लिन सडकखण्ड अन्तरगत धादिङको बेनिघाट रोराङगाउँ पालिका-३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएकाे छ।

काठमाण्डौबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा ज्यान गुमाउनेमा दोलखाका हरिवंश केसी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो।

हरिवंशको घटनास्थलमै ज्यान गएकाे हो भने पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएकाे भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्यसँस्थामा उपचार भइरहेको छ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया