भारतमा लोकसभा चुनाव : आमाको आशीर्वाद लिएर मोदीले पनि हाले भोट

 बैशाख १०, २०७६ मंगलबार ११:४७:४८ | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनावको तेस्रो चरण अन्तर्गत मंगलबार १३ राज्य र दुई केन्द्र प्रशासित प्रदेशका १ सय १७ सिटमा मतदान भैरहेको छ । 

तेस्रो चरण अन्तर्गत मंगलबार मैनपुरी, पीलीभीत, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र गान्धीनगर लगायत क्षेत्रमा मतदान भैरहेको हो । गुजरात, केरल, महाराष्ट्र र कर्नाटकको ७४ सीट निर्णायक मानिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वायनाडमा कांग्रेस अध्यक्ष राहुल गान्धी र गान्धीनगरमा भापजा अध्यक्ष अमित शाह उम्मेद्वार हुनुहुन्छ । १ सय १७ सीटमा १ हजार ६ सय १२ जनाको उम्मेद्वारी परेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह, गुजरातका मुख्यमन्त्री विजय रुपाणी, केरलका मुख्यमन्त्री पी विजयनलगायतले मतदान गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गर्न जानुअघि उनले आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगेको र मिठाइ खुवाएको तस्बिर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया