लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
श्रीलङ्कामा भएकाे बम आक्रमणमा ज्यान गुमाएकाहरुको मंगलबार सामूहिक अन्त्येष्टि गरिएकाे छ । पुरै देशमा तीन मिनेटको मौनधारण गर्दै आगामी दिनहरुमा यस्तो अप्रिय घटना नघटोस् भनेर देशमा संकटकालकाे घाेषणा गरिएकाे छ ।
हमलामा ज्यान गुमाउनेको सङ्ख्या ३ सय १० पुगिसकेकाे छ भने घाइते हुनेको सङ्ख्या ५ सय नाघेको छ ।
इस्लामिक स्टेटले तीन दिनपछि मंगलबार आफ्नो सञ्चार माध्यम ‘अमाक’मार्फत याे हमलाको जिम्मेवारी लिएको छ । यो भन्दा पहिले इस्लामिक स्टेटले कुनै घटनाको जिम्मेवारी लिनुपर्दा तुरुन्तै लिन्थ्यो ।
तर यतिबेला भने यसले घटना घटेको तीनदिनपछि मात्र हमलाको जिम्मेवारी लिएको छ ।
ईस्लामिक स्टेटले जिम्मेवारी लिए पनि कुनै ठोस प्रमाण भने दिएकाे छैन । प्रहरी अधिकारीहरुले यस बम हमलामा कुनै अन्तर्राष्ट्रिय सञ्जालको हात रहेको आशंका गरेकोे थियाे ।
अहिलेसम्म यस हमलामा संलग्न भएको आशंकामा ४० जनालाई हिरासतमा लिइएको छ भने २६ जनासँग पुछताछ भइरहेको छ । हिरासतमा लिइएकामध्ये अहिलेसम्म जम्मा ९ जनालाई मात्र अदालतमा उपस्थित गराइएको छ ।