३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
धनुषा – मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनु भएको छ ।
भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी आफूहरुले नीति ल्याउने बताउनुभयो ।
भाषाको अभिव्यक्तिको माध्यम रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबैलाई सबै भाषाको सम्मान गर्नु पर्ने बताउनुभयो । प्रदेशको अधिकांश नागरिकले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो ।
‘मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छौ’, उहाँले भन्नुभयो, ‘मैथिली र भोजपुरीलगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।’