८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पाैडीमा गाैरिका सिंहले १२ स्वर्ण जितिन्

 बैशाख ११, २०७६ बुधबार १६:४४:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक सङ्ख्या १२ पुर्‍याएकी छिन् 

गौरिकाले बुधबार  ५० मिटर फ्रिस्टाइलमा  ००.२७.५९ मा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो भने  १०० मिटर ब्याकस्ट्रोकमा  ०१.०७.२२ मा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । यसअघि ५औं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले १२ स्वर्ण पदक जित्नुभएको थियो ।

प्रतियोगितामा नेपाली सेना पहिलो भएको छ । कुल ३४ स्वर्ण पदकमध्ये आर्मीले २० स्वर्ण १३ रजत र ५ कास्य पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।

यसैगरी नेपाल प्रहरीले ५ स्वर्ण, १३ रजत र ५ स्वर्ण जित्दै दोश्रो भएको छ । एनआरएनएले ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै तेश्रो भएको छ । एपीएफले ४ स्वर्ण जितेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया