सिरहाबाट सात वर्षमा एक लाखभन्दा धेरै युवा विदेशिए

 असार १६, २०७५ शनिबार १६:४९:६
unn.prixa.net

सिरहा– सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गर्दै आएको जिल्ला समन्वय समिति अन्तर्गतको सूचना तथा परामर्श केन्द्रले शनिबार सिरहामा गरेको पत्रकार सम्मेलनमा सात वर्षमा यहाँबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको बताएको हो । 
आर्थिक वर्ष २०६७÷६८ देखि अहिलेसम्म वैदेशिक रोजगारीमा गएका १ लाख ८ हजार ७ सय जनामध्ये १ लाख ८ हजार ५ सय १६ पुरुष छन । बाँकी २ सय ३ जना महिला रहेको सामी परियोजनाका जिल्ला संयोजक कविरकुमार चौधरीले जानकारी दिनुभयो । 
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी ४० हजार ३ सय ८७ जना कतार गएका छन् । ३० हजार ६ सय ५८ जना साउदी साउदी अरब गएका छन् भने २५ हजार ५ सय ६८ जना मलेसिया गएका छन् । 
पछिल्लो तीन वर्षमा सूचना केन्द्रको पहलमा ६५ जनाले निःशुल्क सीप सिकेर गएको तथा १२ हजार ५ सय ६९ जनाले सूचना तथा परामर्श लिएको केन्द्रले जनाएको छ । 
यस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३३ जनाको शव झिकाइएको  र तीमध्ये २१ जनाको परिवारलाई दुई करोड ५६ लाख १० हजार १ सय ९३ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको संयोजक चौधरीले जानकारी दिनुभयो । 
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति सिरहाका संयोजक रामचन्द्र ठाकुरले स्वदेशमै कुनै सीप सिकेर र जानकारी लिएर वैदेशिक रोजगारीमा गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया