काठमाण्डौबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : १४ जना घाइते

 बैशाख १४, २०७६ शनिबार ८:५४:५९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको छ । 

दुर्घटर्नामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छन । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया