४१ अाैं मिनेटमा डि मारियाकाे जवाफी गाेल: पहिलाे हाफ एक-एक

 असार १६, २०७५ शनिबार २०:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसको कजान एरिनामा जारी नक आउट चरणको अर्जेन्टिना र फ्रान्सबीचको खेलको पहिलो हाफ एक एक गाेलको स्थितिमा सकिएको छ ।

खेलको ४१ अाैं  मिनेटमा अर्जेन्टिनाका एञ्जल डि मारियाले थ्राे मार्फत अाएकाे बललार्इ डि बक्स बाहिरबाट उत्कृष्ट गाेल गर्दै एक एक गाेलकाे स्थितिमा पुर्‌याएका हुन् ।

खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सका टिमलाई एक शून्यको अग्रता दिलाएका थिए । केलिएन एम्बाप्पेलाई अर्जेन्टिनाका मार्कस रोहोले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा बल नियन्त्रणमा अर्जेन्टिना अगाडि रह्यो । उसको बल नियन्त्रण ६२ प्रतिशत थियो भने फ्रान्सको बाँकी ३८ प्रतिशतमात्र थियो ।

अनुशासनका हिसाबले फ्रान्स अगाडि रह्यो । अर्जेन्टिनाका रोहोले खेलमा पहिलो पहेंलो कार्ड पाए । उनले एम्बाप्पेलाई डिबक्स भित्र फाउल गरेबापत् पहेंलो कार्ड पाएका थिए ।

 त्यसपछि १९ औं मिनेटमा निकोलस टाग्लियाफिकोले र ४३ औं मिनेटमा मासेरानोले पहेंलो कार्ड पाउँदै पहिलो हाफमै पहेंलो कार्डको संख्या तीन पुर्‍याए । 

पहिलो हाफमा फ्रान्सले पहेंलो कार्ड पाएन भने दुवैतर्फबाट खेलाडी परिवर्तन पनि भएन ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया