चितवनमा गाडी दुर्घटना,  एक जनाको मृत्यु, १८ जना घाइते

 असार १७, २०७५ आइतबार ११:१९:७ | रासस
unn.prixa.net

चितवन – पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा अाइतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ बजेर ४५ बजे सडक छेउमा पल्टिएको हो । 

मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया