बझाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 बैशाख १९, २०७६ बिहिबार ११:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

थलारा गाउँपालिका –५ गौमती खोलामा  बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया