प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुकुम पूर्व - सिस्ने गाउँपालिका-८, झिमखोलामा शुक्रबार जीप दुर्घटना हुँदा ९ महिने बालिकाको ज्यान गएको छ ।
रुकुम पश्चिमको मुसीकोटबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका-७, सिस्नेरीतर्फ जाँदै गरेको लु १ ज १७८१ नम्बरको जीप दुर्घटना हुँदा सिस्ने-८ भुरुंगाकी ९ महिने निर्जला रावलको ज्यान गएको तथा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
निमित्त जिल्ला प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार घाइते हुनेहरुमा मृतक निर्जलाकी आमा २४ वर्षीया रमिता रावल, चालक सिस्ने-८ का २५ वर्षीय राजन बोहरा, सिस्ने-८ का १७ वर्षlय मोहन चन्द, सिस्ने-७ की १७ वर्षlया ज्ञानु रेउले र त्यसै ठाउँकी १६ वर्षीया इश्वरी गौतम रहेका छन् ।
जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको, चालक गम्भीर घाइते भएकाले दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको निमित्त प्रहरी प्रमुख सुनारले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ ।