भारतको उत्तर प्रदेशमा मतदान, रुपेडिया नाका बन्द

 बैशाख २१, २०७६ शनिबार १९:२५:३६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत उत्तरप्रदेश राज्यको बहराइचमा मतदान हुने भएका कारण नेपाल–भारत सीमाको रुपैडिया नाका शनिबारदेखि बन्द गरिएको छ ।

बहराईचमा सोमबार मतदान हुने छ । शनिबार साँझ ६ बजेदेखि बन्द भएको सीमा नाका मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेपछि सुचारु हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

सीमा-नाका बन्द भए पनि भारतबाट इन्धन बोकेका ट्याङ्कर, भारतबाट फिर्ता हुने क्रममा अलपत्र परेका नेपाली र नेपालबाट बिरामी बोकेर भारत प्रवेश गर्ने एम्बुलेन्सलाई भने सीमापार गर्न दिइने भएको छ ।

बहराइचमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।  ८० निर्वाचन क्षेत्र रहेको उत्तरप्रदेशमा प्रमुख राजनीतिक दलले प्रचारप्रसारमा प्राथमिकता दिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया