न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
महोत्तरी – केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिकामा दुई जनामाथि निर्घात कुटपिट भएको छ ।
सोनमा गाँउपालिका-१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र सुधिर साहलाई कुटपिट गरिएकाे हाे ।
वैशाख १८ गते भएको घटना मिलाउन आयोजित पञ्चायत भइरहेको समयमै वडा कार्यालयकै परिसर भित्रबाट केही व्यक्तिहरुले कुटपिट गर्दै आएको पीडित शंकर साहले बताउनुभयाे ।
पीडित साहले बताए अनुसार त्यस वडाका वडाअध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातखुटा बाँधी निर्घात कुटपिट गरेका थिए ।
घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेकाे पीडित साहले गुनासाे गर्नुभयाे । भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका प्रमुख यादवले चेतावनी दिएको भन्दै साहले दुखेसाे पोखे ।
घटनाको इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको र चाँडै नै यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयाे ।