इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा टेबल गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ समयसापेक्ष रहेको दावी गर्नु भएको छ ।
मन्त्री पोखरेलले आउँदो बुधबार भित्र विधेयक पारित गर्न सहयोग गरिदिन पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आग्रह पनि गर्नुभयो ।
आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी उहाँले विधेयकमा मुलुकको चिकित्सा क्षेत्रमा देखिएको तमाम खालका विसंगति अन्त्य हुने गरी शक्तिशाली चिकित्सा शिक्षा आयोग गठनको व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो । उहाँले विधेयकले सबै खालको भावनाको प्रतिनिधित्व गर्ने भएकाले यसमा विरोध गरिरहन नपर्ने तर्क पनि गर्नुभयो ।
मन्त्री पोखरेलले विधेयक देशको आवश्यक्ता भएको र यसको प्रमाणीकरणका ढिलाई भए पाठयक्रम निर्माण, परीक्षा प्रणाली व्यवस्थापन लगायतका काममा ढिलाई हुने पनि स्मरण गराउनुभयो ।
सरकारले संसदमा टेवल गरेको विधेयक अध्यादेश विपरित आएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मान्य नहुने चेतावनी दिइसकेको छ । तर मन्त्री पोखरेलले भने विधेयक विज्ञहरुसँग परामर्श गरी ल्याएको र त्यसले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि उच्चस्तरीय आयोग स्थापना गर्ने व्यवस्था गरेको पनि उल्लेख गर्नुभयो ।