तैमुर अली खानको स्टारडम: फाेटाे खिच्नेहरुकाे हाेहल्ला राेक्न छिमेकी पुगे प्रहरी कार्यालय

 बैशाख २२, २०७६ आइतबार १५:२३:३५ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जालहरुमा बलिउड अभिनेता सैफ अली खान र करीना कपूर खानका छोरा तैमुर अली खानको चर्चा कुनै बलिउड स्टारको भन्दा कम छैन । तर तैमुरको चर्चा उनका फ्यानहरुका लागि भने टाउको दुखाइको विषय बनेको छ, जसका कारण उनका छिमेकीहरु प्रहरीसमक्ष पुगेका छन् । 

सैफ तथा करीनाका छिमेकीले तैमुरको विरुद्धमा नभएर तैमुरको तस्बिर तथा भिडियो लिनका लागि घर अगाडि होहल्ला गर्नेको विरुद्धमा उजुरी गर्न प्रहरीसम्म पुगेका हुन् । खबरहरुका अनुसार, तैमुर अली खानको तस्बिर तथा भिडियो खिच्नका लागि हरेक दिन ठूलो संख्यामा मिडिया र मानिसहरु भवन अगाडि जम्मा हुने गर्छन् । छिमेकीहरुको उजुरीपछि प्रहरीहरुले समर्थकहरुलाई सैफ र करीनाको घर अगाडिबाट हटाइदिएका छन् ।

यसअघि सैफ अली खान स्वयंले छोरा तैमुरको लागि आउने भिडविरुद्ध प्रहरीमा उजुरी गरेको बताइएको थियो । तर पछि सैफले एक अन्तरवार्तामा आफूले मिडियाविरुद्ध कुनै पनि उजुरी नगरेको भन्दै त्यस खबरको खण्डन गरेका थिए । अहिले उनीहरुको घर अगाडिबाट मिडियालाई हटाइए पनि त्यसभन्दा परबाट नै तैमुरलाई मिडियाले पछ्याउने गरेका छन् ।

सामाजिक सञ्जालमा तैमुरको तस्बिरहरु निकै नै रुचाइन्छ । उनका फ्यानहरु नयाँ तस्बिरका लागि पर्खिरहेका हुन्छन् । यसै कारण मिडिया पनि घाम र पानी केही पनि नभनेर तैमुरको फोटोको लागि तँछाडमछाड गरिरहेका हुन्छन् ।

केही दिन यता फिल्म निर्माताहरुले तैमुर अली खानलाई फिल्ममा ल्याउने तयारी गरिरहेका खबरहरु पनि सार्वजनिक भएका थिए । तर अहिलेसम्म तैमुरको कुनै फिल्म बन्ने आधिकारिक घोषणा भने भएको छैन । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया