कुलेखानीकाे इन्द्रसरोवरमा पर्यटक भित्र्याउन प्याराग्लाइडिङ परीक्षण

 बैशाख २२, २०७६ आइतबार १५:१६:४२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - इन्द्रसरोवर गाउँपालिकामा रहेकाे मानवनिर्मित ताल इन्द्रसरोवर माथि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले इन्द्रसरोवर माथि प्याराग्लाइडिङको पहिलो पटक परीक्षण गरेको हो । 
पर्यटकिय क्षेत्र इन्द्रसरोवर भएपनि त्यती धेरै पर्यटक नआएपछि प्याराग्लाइडिङको परीक्षण गरेर व्यावसायिक रुपमा पछि काम गरिने गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनुभयो ।

कुलेखानीको इन्द्रसरोवरमा तीन ठाउँबाट प्याराग्लाइडिङ गर्न मिल्ने भए पनि अहिले भने एक ठाउँबाट मात्र परीक्षण गरिएको उहाँले बताउनुभयो । निजी क्षेत्रसंगको सहकार्यमा नागरिक उड्ययन मन्त्रालयबाट स्वीकृति लिएर काम गर्ने तयारी गाउँपालिकाले गरेको छ । 

गाउँपालिकाको पहलमा प्याराग्लाइडिङको परिक्षण गरिएको हो । इन्द्रसरोवरमा प्याराग्लाइडिङ चल्ने हो भने पोखरा लगायतका क्षेत्रमा जाने पर्यटकहरु मकवानपुरको इन्द्रसरोबरमा जाने निस्चित छ ।  इन्द्रसरोवर गाउँपालिका १ नम्बर मार्खुको इन्द्रसरोवर ताल माथि गुम्बा डाँडाबाट सफल परीक्षण भएको गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो । 

प्याराग्लाइडिङ परीक्षणको लागि गाउँपालिकाले प्याराग्लाइडिङ पाईलटको रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परीक्षण गराएको थियो । प्याराग्लाइडिङको परीक्षण सफल भएपछि गाउँपालिकाका अध्यक्ष लामाले पर्यटन प्रवर्द्धनको लागि प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया