एमाले र माओवादी मिलेपछि केन्द्रदेखि स्थानीय तहसम्मको अवस्था के ?

 जेठ ४, २०७५ शुक्रबार ११:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

एमाले र माओवादीबीच पार्टी एकतासँगै इतिहासमै शक्तिशाली कम्युनिष्ट पार्टी गठन भएको छ । पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुईजना अध्यक्ष बनेका छन् । दुवै अध्यक्षको हैसियत समान र निर्णयमा पनि उत्तिकै शक्तिशाली हुनेछन् ।

एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टीको स्थान झनै बलियो बनेको छ । एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै  प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको  ६३ दशमलव ५० प्रतिशत हो । 

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो । निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ । 

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ । 

केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको स्थान :
प्रतिनिधिसभा : २७५ सांसदमध्ये नेकपाका १७४
राष्ट्रियसभा : ५९ सांसदमध्ये नेकपाका ४२

६ वटा प्रदेशमा बहुमत :
प्रदेश १ : ९३ सांसदमध्ये नेकपाका ६७
प्रदेश २ : १०७ सांसदमध्ये नेकपाका ३२
प्रदेश ३ : ११० सांसदमध्ये नेकपाका ८१
प्रदेश ४ : ६० सांसदमध्ये नेकपाका ३२
प्रदेश ५ : ८७ सांसदमध्ये नेकपाका ६१
प्रदेश ६ : ४० सांसदमध्ये नेकपाका ३३
प्रदेश ७ : ५३ सांसदमध्ये नेकपाका ३९

स्थानीय तह :
६ महानगरमध्ये ३ मा प्रमुख, १ मा उपप्रमुख
११ उपमहानगरमध्ये ७ मा प्रमुख
२८० नगरपालिकामध्ये १४६ मा प्रमुख, १७२ मा उपप्रमुख
४८६ गाउँपालिकामध्ये २४३ मा अध्यक्ष, २६२ मा उपाध्यक्ष
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया