बस पल्टिँदा १४ जना घाइते

 असार १८, २०७५ सोमबार १०:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ दाङ्को तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगाको लागि छुटेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका १२ को पितिबाङ् खोलामा बिहान दुर्घटना भएको हो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया