कर्णाली प्रिमियर लिग : भेरीगङ्गा ८ विकेटले पराजित

 जेठ ४, २०७५ शुक्रबार १२:१६:१० | मुना हमाल
unn.prixa.net

kpl

सुर्खेत, जेठ ४ – सुर्खेतको वीरेन्द्रनगरमा भैरहेकाे कर्णाली प्रिमियर लिगमा रुपेन्देही– ११ ले भेरीगङ्गा स्पोट्र्स क्लबलाई ८ विकेटले हराएको छ ।

वीरेन्द्रनगर रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भेरीगङ्गाले निर्धारित १८.६ ओभरमा सबै विकेट गुमाएर  ६८ रन बनायो । रुपन्देहीका बलर सन्दीप सुनार र बशिर अहमदले समान ३/३ विकेट र विक्रम भुसालले २ विकेट लिए ।  भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक  २० रन बनाए भने समिर चन्दले ९, तिलक थापाले ६, मानसिंह विकले ४ रन प्रेम विकले १३ र  रोहित विकले ४ रन बनाए ।

६९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।  सन्दीप सुनारल ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे । खेलको  म्यान अफ दी म्याच रुपन्देहीका सन्दीप सुनार भए ।

हिजो भएको खेलमा टिकापुर क्रिकेट क्लबले  भेरीगङ्गालाई १ सय ९ रनले हराएको थियो । विहीबारदेखि सूरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म हुनेछ ।

कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया