हिंसाका कारण अफ्रिकी देश र सिरियाका चार करोडभन्दा बढी मानिस विस्थापित

 बैशाख २८, २०७६ शनिबार १४:४१:४७ | एजेन्सी
unn.prixa.net

शरणार्थीहरुको हितमा वकालत गर्ने एक प्रमुख समूहले अफ्रिकाका विभिन्न देश र सिरियामा चार करोड १० लाख मानिसहरु आफ्नो देशबाट विस्थापित भएको अनुमान गरेको छ । 

विस्थापित हुनेहरु मध्ये धेरै हिंसा, संघर्ष र आन्तरिक कारणले आफ्नो देश छोड्न बाध्य भएका हुन् । विस्थापित शरणार्थीहरुको यो संख्या नयाँ रेकर्ड हो ।  

‘आन्तरिक विस्थापनसम्बन्धी निगरानी केन्द्रको एक वैश्विक रिपोर्टका अनुसार, सन् २०१८ मा विस्थापित भएका मानिसहरुको संख्या पछिल्लो केही वर्षको तुलनामा झण्डै १० लाखले धेरै हो,’ ‘नर्वेजन रिफ्यूजी काउन्सिल’ ले भनेको छ । 

रिपोर्टका अनुसार, गएको वर्ष हिंसा, संघर्ष र प्राकृतिक विपत्तिका कारण २ दशमलव ८ करोड बढी मानिसहरु विस्थापित भएका थिए । प्रतिकुल मौसमी घटनाका कारण १ दशमलव ७ करोड मानिसहरु विस्थापित भएको अनुमान गरिएको छ । 

शुक्रबार जारी गरिएको यो रिपोर्ट आन्तरिक रुपबाट विस्थापित मानिसमा केन्द्रित छ । तर यो रिपोर्टले आफ्नो देश छोडेर बाहिर गएका शरणार्थीहरुलाई भने समेटेको छैन । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया