श्रीलंका : मुश्लिम समुदायमाथि हिंसा फैलिएपछि सरकारले लगायो देशभर कर्फ्यु

 बैशाख ३१, २०७६ मंगलबार ७:५८:५ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा पछिल्लो समय तनाब बढेको छ । विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाब बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  मस्जिद तथा मुसलमानको ब्यापारिक प्रतिष्ठालाई निशाना बनाएर हिंसा हुने क्रम बढेसँगै रातको समयमा देशभर कफर्यु आदेश जारी गरिएको छ । 

मश्जिद र मुश्लिम समुदायको व्यापरिक प्रतिष्ठानमा निशाना बनाउने काम केही समयदेखि भइरहेको छ । सोमबार उत्तर पश्चिमी शहर कीनियामा रहेको एक मस्जिदमा हमला भएको थियो । मुसलमानको धार्मिक ग्रन्थ कुरानसमेत उनीहरुले च्यातिदिएका छन् भने उनीहको सवारीसाधनसमेत जलाइदिएका छन् ।  यो हिंसामा कसैको ज्यान गएको खबर भने आएको छैन । 

कतिपय स्थानमा दंगामा सामेल भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर गर्नुपरेको र अश्रुग्याँसको प्रयोग समेत गर्नुपरेको बीबीसीले जनाएको छ ।

श्रीलंकका प्रधानमन्त्री रनिल विक्रमासिंघले गलत जानकारी प्रति सचेत हुन र सुरक्षाब्यवस्था कडा पार्न आग्रह गरेका छन् । श्रीलंकामा सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । 

गएको २१ अप्रिल इस्टर पर्वमा भएको बम विस्फोटमा २ सय ५० जनाभन्दा बढीले  ज्यान गुमाएका थिए । श्रीलंकामा २ करोड २० लाख मानिस बस्ने गरेका छन् । मुसलमानको संख्या झण्डै १० प्रतिशत रहेको छ । श्रीलंकामा सबैभन्दा बढी सिंहाली समुदायका मानिस रहेका छन्, उनीहरु बौद्ध धर्म मान्ने गर्दछन् ।

इस्टरको दिन भएको आक्रमणलाई लिएर इश्लामिक स्टेट समूहले उक्त हमलामा सामेल भएको कुरा स्वीकार गरिसकेको छ । यद्यपि उसले त्यसबारेमा विस्तृत जानकारी भने दिएको छैन । इस्टर पर्वको दिन भएको आक्रमणपछि सरकारले देशमा संकटकाल लगाएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया