नेपाल कम्युनिष्ट पार्टी : दुई अध्यक्ष, ९ सदस्यीय सचिवालय र ४४१ केन्द्रीय कमिटी

 जेठ ४, २०७५ शुक्रबार १३:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ४ – दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।

दैनिक कार्यसञ्चालनका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको हो । पार्टीमा कार्यकारी अधिकार दुबै अध्यक्षमा हुनेछ ।

त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने नेताहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया